बिर्तामोड । झापाको दुर्गापुर–सुखानी सडक खण्डमा ट्रक दुर्घटनामा परेको छ ।

झापाको दुर्गापुरबाट इलामको जीतपुर गोलिया लिनका लागि हिडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक उक्त सडक खण्डको दहिझोडा स्थित जंगलमा अनियन्त्रीत भएर पल्टिएको हो ।

कुदीरहेको बेला टायर पड्किएर ट्रक दुर्घटनामा परेको बताइएको छ । बिहिबार बेलुका करिब साँढे ७ बजे ट्रक सडक भन्दा २० फुट तल खोल्सीमा खस्दा एक जना घाइते भएका छन् ।

गाडी धनी समेत रहेका चालक बिर्तामोड निवासी २५ वर्षीय रोजन गुरुङ् घाईते भएको सहचालक सौरव दियालीले जानकारी दिए ।

उनलाई उपचारको लागी बिर्तामोडको बिएण्डसी अस्पताल ल्याइएको बताइएको छ ।

कुदीरहेको बेला टायर पड्किएर ट्रक दुर्घटनामा परेको बताइएको छ । बिहिबार बेलुका करिब साँढे ७ बजे ट्रक सडक भन्दा २० फुट तल खोल्सीमा खस्दा एक जना घाइते भएका छन् ।