बिर्तामोड। भरत  भाबुक प्रसाई, मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला समितिले नयाँ बर्ष २०८१ संस्थाका पदाधिकारीहरु बिच अन्तरक्रिया गरी मनाएको छ ।

नव बर्षको अवसरमा शुभकामना आदान प्रदान गर्न झापा जिल्ला भरी रहेका संस्थाका पदाधिकारीहरुको बाम्लो उपस्थिती रहेको थियो । 

 कार्यक्रममा कमल गाँउपालिका , दमक उपशाखा लगायत झापा जिल्ला भरीका सक्रिय सदस्यहरको बाक्लो सहभागिता रहेको थियो ।

झापाको गतिविधीमा विशेष योगदान पु¥याएको भन्दै केन्द्रिय समितीले  झापा जिल्ला कार्यसमिति सदस्यमा  निर्मला नेपाल , झापा जिल्ला सह–संयोजक रोशनी अधिकारी खनाल र झापा जिल्ला संयोजकमा गंगा भट्टराईलाई चयन गरेको छ  ।

एक कार्यक्रमका बिच संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लले प्रमाण पत्रका साथमा अवीर र मालाले उहाँहरुलाई स्वागत गर्नु भएको थियो ।

4e9d1c6d-7c79-4a8a-a826-7747efa25705केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लले यो पदीय जिम्मेवारी लाई इमान्दारीपुर्वक निर्वाह गर्न आग्रह गर्दै सस्थाको शाख राख्ने काम गर्न नव नियुत्त झापा जिल्ला पदाधिकारीहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रमा संस्थाको समसामयीक अवस्था, आँउदा दिन गरिने कार्यक्रमका सम्बन्धमा केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लले ब्रिफिङ गर्नु  भएको थियो । 

e42078f2-950e-4806-892c-4d8f804f05bfकमल गाँउपालिकाकी संयोजक चन्द्रकला सुब्बा, दमक उपशाखाकी उपाध्यक्ष चम्पा दाहालले  नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै अझ उर्जाशिल भएर अभियान लाई हाक्न झापा संयोजक  गंगा भट्राई सफल हुने विश्वास ब्यक्त  गरेका थिए । 

मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला संयोजकमा निर्वाचित  भएपछी आफुमा धेरै जिम्मेवारी थपिएको  गंगा भट्टराईले    बताउनु भयो ।