बिर्तामोड । भरत भाबुक प्रसाई,  बर्खा लागे संगै विपन्न परीवारहरुलाई मक्षटको समस्याले आक्रान्त पारेको भन्दै विभिन्न दाताहरुको सहयोगमा सहयोगी मनहरु नेपालले देश ब्यापीरुपमा  निःशुल्क झुल बितरण अभियान सञ्चालन गरेको छ ।

विपन्नताका कारण  झुल किन्न नसकिरहेका परिवारहरुलाई खोजी गरी नेपालका विभिन्न स्थानमा झुल वितरण गर्न लागिएको संस्थाका  अध्यक्ष भिमप्रसाद आर्चायले जानकारी दिनु भयो ।

880ee8ec-2299-450f-8570-a1f3cacf718fगर्मी मौसममा लामखुट्टेको टोकाइबाट डेङ्गुका बिरामी बढेसँगै त्यसबाट बच्न संस्थाले बिपन्नलाई झुल बितरण शुरु गरेको हो । 

विपन्न समुदायको उत्थानको लागि स्थापना भएको सहयोगी मनहरु नेपालले हाल बिपन्न परिवारलाई निःशुल्क झुल बितरण कार्य शुरु गरेको छ । संस्थाले झापा र मोरङका विभिन्न स्थानका ४४ बिपन्न परिवारलाई आइतबार झुल बितरण गरेर अभियान शुरु गरेको  हो । 

अपाङ्ग–असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारीको रुपमा सहयोग पुर्याउदै आएको संस्थाले झापासहित देशभर एक हजार ५ सय बढी परिवारमा झुल वितरण गर्ने योजना रहेको संस्थाका सचिव बिष्णु उप्रेतीले जानकारी दिनु भयो । 

46c151d2-016f-45b6-b24a-6792a06f0136संस्थाका सदस्य तथा मनकारी दाताहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको आर्थिक सहयोगले बिपन्न सहयोग कार्यक्रम अन्तरगत निःशुल्क झुल बितरण गर्न शुरु गरिएको सचिव उप्रेती बताउनु हुन्छ । 

आइतवार झापाको मेचीनगर–९ स्थित खुट्टीडाँगीका अतिबिपन्न ३० परिवार र मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल संस्थाले बितरण गदै अभियानको सुभारम्भ गरिएको थियो ।

मेचीनगर–९ स्थित खुट्टीडाँगीमा रहेका अति विपन्न परिवारलाई  संस्थाका उपाध्यक्ष सुमनराज रिमालले र मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल संस्थाका अध्यक्ष  भीम प्रसाद आर्चायले वितरण गर्नु भएको हो । 

कोभिड–१९ र त्यसपछि विभिन्न रुपमा समस्यामा परेका समुदाय र परिवारलाई सहयोग पुर्याउदै आएको संस्थाले २०७६ सालदेखि कार्य गर्दै आएपनि २०७८ सालमा संस्था दर्ता भएको बताइएको छ । 

संस्थाले जाडो याममा बिपन्नलाई देशब्यापी रुपमा सिरक ढसना बितरण, निःशुल्क स्वास्थ्य शिविर, सीपमुलक तालिमलगायतका सामाजिक कार्य गर्दै आएको सचिव उप्रेतीले बताउनु भयो । 

 इलामका भीमप्रसाद आचार्य अध्यक्ष रहेको संस्थामा १ सय १६ जना सदस्य रहेका छन् ।  यो अभियान बैशाक बाट सुरु भई जेष्ठ भरी चल्ने  संस्थाका सचिव उप्रतीले बताउनु भयो । 

 उद्धाटन कार्यक्रममा झापा र मोरङमा गरी ४५ वटा झल वितरण गरिएको  थियो ।

अमेरीकी निवासी भीमा पोखरेल र सावित्रा खनाल आर्चायबाट सामाजिसेवामा सहयोर्गाथ २० हजार नगद आर्थिक आएको संस्थाका अध्यक्ष आर्चायले बताउनु भयो ।

मेचीनगर–९ स्थित खुट्टीडाँगीमा रहेका अति विपन्न परिवारलाई  झुल वितरण गर्दै संस्थाका उपाध्यक्ष सुमनराज रिमालले व्यत्तिगत स्वार्थ भन्दा माथी उठी मानव सेवामा  लागे मन आन्दित हुने बताउनु भयो ।

उहाँले संस्थालाई साथ सहयोग गर्ने , विश्वास गर्ने सहयोगी मनहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णु उप्रेतीले गर्नु भएको थियो ।