बिर्तामोड। भरत प्रसाई,  पत्रकार सहारा उपचार कोषको घोषणा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले  गर्नु भएको छ ।

एक कार्यक्रमका बिच कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई पनि सम्मानसमेत गरिएको थियो  ।

पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङको कार्य कालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा लाई बर्तमान अध्यक्ष एकराज गिरीले सफल बनाउनु भएको हो । 

तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाखसहित जम्मा नौ लाख रुपैयाँवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याएको नेपाल पत्रकार महासंघ झापका अध्यक्ष एकराज गिरीले जानकारी दिनु भयो । 

FB_IMG_1713188251455_edit_547586254224256नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । गिरी अध्यक्ष भएपछि कोषका लागि आक्रामक ढंगवाट अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम संकलन गरिएको हो ।

कोषमा पत्रकारहरुले जनही तीन हजार रुपैयाँ जम्मा गरेका छन् । आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो ।

नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो । झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै सहयोग उपलव्ध गराउने अध्यक्ष गिरी बताउनु हुन्छ ।

received_1136105524092089-1024x682गिरीका अनुसार समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने पत्रकारलाई उक्त कोषको ब्याजबाट सहयोग प्रदान गरिनेछ ।

सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले भवन स्तरोउन्नती गरी  भवनको समेत उद्घाटन गरिएको थियो । महासंघ झापा अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव डिकेश  लामा र सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गर्नु भएको थियो । 

IMG_20240415_182240_edit_544147572575302कार्यक्रममा प्रमुख अतिथि डा. यादव, महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, कोशी प्रदेश पूर्व मुख्यमन्त्री हिक्मत कार्की, उद्धव थापालगायतले आ–आफ्नो आफ्नोे बिचार राख्दै कोषको संरक्षणमा सबै एक जुट भएर लाग्न सुझाएका थिए ।