बिर्तामोडमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा

बैशाख ५, २०८१ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    बिर्तामोड । झापाको बिर्तामोड–५ मा नयाँ बसपार्क प्रवेशद्वारमा ३ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा आएको छ ।

    पूर्व–पश्चिम राजमार्गबाट नयाँ बसपार्क प्रवेश गर्ने मार्गमा रहेको होटलको नयाँ बर्ष २०८१ को अवसर पारेर आज उद्घाटन गरिएको हो ।बिर्तामोड नगरपालिकाको प्रमुख पवित्रा महत्तरा प्रसाईले होटलको उद्घाटन गर्नुभएको छ ।

    होटलका प्रोपाईटर नरेश श्रेष्ठले होटल ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जानकारी दिनुभयो । रेस्टुरेन्ट बार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था रहेको होटलमा १५ वटा सुविधासम्पन्न कोठा रहेको श्रेष्ठले बताउनुभयो ।

    उहाँले होटलमा १७ जनालाई रोजगारी समेत दिएको जानकारी दिनुभयो । संचालक श्रेष्ठले होटल स्थापनाको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको बताउनुभयो । प्रोपाईटर श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महत्तरा, बिर्तामोड–६ का वडा अध्यक्ष सुर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गराखेका थिए ।

    • १७ पटक पढिएको
    आगलागी पीडितलाई  राहत सहयोग आगलागी पीडितलाई राहत सहयोग

    गएको बिहीबार दिउँसो आगलागीबाट घरबारविहीन बनेका सर्लाहीको सीमावर्ती गाउँ विष ...

    समाचारका बिषयलाई लिएर पत्रकार धम्काउनेलाई कारवाहीको माग समाचारका बिषयलाई लिएर पत्रकार धम्काउनेलाई कारवाहीको माग

    लक्ष्मीपुर । समाचार लेखेको बिषयलाई लिएर पत्रकारलाई धम्की र गालीगलौज गर ...

    नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

    पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट नेपालमा हुने भए ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२ / ९८६७८४७१७६
    • इमेल : [email protected]

    हाम्रो टीम

    • सम्पादक / प्रबन्ध निर्देशक भरत भावुक प्रसाईं
    • संरक्षक उमाकान्त खनाल

    Copyright © 2023 / 2024 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic