बिर्तामोड। भरत प्रसाई, झापाको बिर्तामोड २ स्थित रामचोक बाट केही पश्चिम शान्त बातावरणमा पारीवारिक बातावरण रहेको चुलो रेष्टुरेन्ट तथा पार्क आजबाट औपचारीक रुपमा सञ्चालनमा आएका छ ।

 करीव  २५ जना ग्राहकलाई सेवा प्रदान गर्न सक्ने करीव २ विगाहमा  क्षेत्रफलमा फैलिएको रेष्टुरेन्टको विशेषताका रुपमा हाँसको सुप र लोकल कुखुराको मासु रहेको रेष्टुरेन्टका प्रबन्धक देवी संग्रौलाले जानकारी दिनु भयो ।

उहाँले व्यवसाय भन्दा पनि ग्राहकहरुको सन्तुटीलाई प्राथमिकतामा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताउनु भयो । 

Capture 1 आजबाट उद्धाटन गरिएको रेष्टुरेन्टले सञ्चालनको उद्सब ग्राहकहरुसंग  मनाउने उदेश्यले  १० दिन सम्म  निशुल्क हाँसको छोइला सेवा ग्राहकहरुलाई उपलब्ध गराउने भएकाले  मौकाको फाइदा उठाउन प्रबन्धक संग्रौलाले हार्दिक अनुरोघ गर्नु भयो ।

  नागरिक युवा समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारीले रिवन काटेर रेष्टुरेन्टकाे  उद्धाटन गर्नु भएको कार्यक्रममा युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन सिवाकोटी, प्रोपटी डिलर्स झापाका प्रमुख  रोशन बोहोरा , लगायत नागरिक युवा समुह विभिन्न शाखा का प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहको थियो । 

युवाले केही गरे नेपालमा पनि हुन सक्छ भन्ने दृष्टान्तलाई प्रमाणीत गर्ने उदेश्यले  युवाहरुकै सहभागितामा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको  प्रोपाइटर रिना ओडारीले जानकारी दिनु भयो ।

नागरिक युवा समाजका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथी भण्डारीले युवाहरुका लागी प्रेरणादायक काम भएको बताउनु भयो र उहाँले  नाफाबाट ५ प्रतिशत लगानी समाजिक सेवामा लगाउने सञ्चालक संग्रौलालले धोषणा गरेको  समेत जानकारी दिनु भयाे  ।

करीव ३५ लाख लगानीमा निर्माण सम्पन्न भएको चुलोमा अरग्यानिक परिकार, काँचो मकै ,सेकुवा चिकेनका विभिन्न  परिकार पाउने प्रबन्धक संग्रौलाले बताउनु भयो ।