बैशाख । नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।


रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा। रुइतलाई हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी रू पाँच लाख रहेको छ ।


त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गर्नुभयो ।


प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएकाले डा। रुइतलाई सम्मान गरिएको बताउनुभयो ।


जन्म विसं। २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिनुभएका डा। रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गर्नुभएको छ ।


यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।


कार्यक्रममा प्रमख अतिथि खापुङ, शिविष्ठ अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव नारायण ओलीले र सञ्चालन सञ्चाकर्मी लीला अनमोलले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा। रुइतका बारेमा प्रतिष्ठानका महासचिव तुलसीप्रसाद ओलीले र सविनका बारेमा नारद न्यौपानेले प्रकाश पार्नुभएको थियो ।