बिर्तामोड । भरत प्रसाई, बिर्तामोड स्थित  मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ । 

bb893d1a-764a-4b2f-9f57-0bae0dbe2023कलेजका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षयतामा भएको कार्यक्रममा  व्यवस्थापन मानविकी तथा शिक्षा संकायका चौथो वर्षको अध्ययन सकेर परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई विदा गरिएको हो ।

e1a37556-9448-42a4-8452-2d682c0625a4कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं तथा प्राध्यापक उदय कटुवालले शुभकामना मन्तव्य तथा विद्यार्थीको तर्फबाट प्रियंका उप्रेती ,दिपक ढुङ्गाना ,आयुशा दाहाल र वीरु दर्नालले आफ्नो चार वर्षे अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विदा हुने विद्यार्थीलाई अबिर लगाएर मायाको चिनो समेत प्रदान गरिएको थियो ।

3d0e290e-8fd3-420d-b5c9-13ec01d4d0beविदा हुने र गर्ने विद्यार्थीले विभिन्न प्रस्तुती समेत राखेको कार्यक्रमको स्वागत क्याम्पसका शैक्षिक संयोजक कुमार थपलियाले गरेका थिए भने कार्यक्रम संचालन प्राध्यापक विजय तिम्सिनाले गरेका थिए ।