त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने भएको छ ।

नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दीमुक्त विश्वविद्यालय बनाउन पहल थालेका हुन् ।

त्यसका लागि विभिन्न विद्यार्थी संगठनहरूसँग छलफल गर्ने, उनीहरूबाट तालाबन्दी नगर्ने प्रतिबद्धता गराउने जस्ता कार्य अघि बढाएका छन् ।

विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालले तालाबन्दी मुक्त गराउने काम भइरहेको बताए ।