कन्काई । भरत भाबुक प्रसाई ,मन फाकिलो पा¥यो भने हरेक कार्य सम्भव हुन्छ भन्ने कुरालाई सार्थक  पार्नु भएको छ ,कन्काई निवासी प्रतिमा  पाण्डेले ।

4विगत लामो समयबाट दुबईलाई आफ्नो कर्मथलो बनाई रोजगारी गर्दै आउनु भएकी पाण्डेले मेची महाकाली बुहारी संयुक्त आवाजको सहजीकरणमा कन्काई कोटीहोम परिसरका ४०  जना जेष्ठ नागरिकहरुको  अनुहारमा केही समयका लागी भएपनी मुस्कान भर्ने काम गर्नु भएको छ ।

1111111 1उहाँले मेची महाकाली संयुक्त आवाजको पहलमा जेष्ठ आमाहरुलाई मातातिर्थ औँसीको पूर्व सन्ध्यामा आफुले कमाएको रकमबाट केही अंश छुट्याई कपडा खाद्य सामाग्री वितरण गर्नु भएको  हो ।

5555555कन्काई वडा नम्वर ४ का वडाध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै समाजसेवी पाण्डेलाई आजीवन सदस्यको रुपमा  नियुक्त गर्नु भयो ।


पाण्डेलाई  कोटीहोम ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा , वडाध्यक्ष रोशन सुवेदी, झापा जिल्ला संयोजक गंगा भट्राईले संयुक्त रुपमा दोसल्ला प्रमाणपत्र र अविरले स्वागत गर्नु भएको थियो ।

विगत लामो समयबाट आजीवन सदस्यको रुपमा रहनु भएकी कल्पना उप्रेती भट्राईको विषेश सहजीकरणमा संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले  जिवित देवताहरुको आर्शिवाद लिने अवसर सृर्जना गर्ने प्रतिमा पाण्डेलाई समूहमा स्वागत गर्न पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो ।

उहाँले आउँदा दिनहरुमा नेपालका कुना कुनाका समस्याहरुलाई सम्बोधन गर्ने सक्षम बुहारीहरुलाई संस्थामा जोड्दै लैजाने बताउनु भयो ।

8888888त्यस्तै वडा नम्वर ४ का वडाध्यक्ष रोशन सुवेदीले मेचीमहाकाली बुहारी संयुक्त आवाजले समाजका लागी पुन्य काम गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँले कार्यक्रमकी दाता पाण्डेको जस्तो फराकिलो सोच भएका कयौँ महिला मेची महाकाली बुहारी संयुक्त आवाजमा जोडीएको आफुले महसुस गरेकोे बताउनु भयो । 

कार्यक्रमका अतिथी कोटीहोम ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले एकै ठाउमा यती धेरै मात्रामा जिउँदा देउताहरुको दर्शन सफल बनाई दिएकोमा मेची महाकाली बुहारी संयुक्तलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

88888884444444झापा जिल्ला संयोजक भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाँउपालिका संयोजक चन्द्रकला सुब्बा ,झापा जिल्ला उपाध्यक्ष अम्बिका मैनाली, दमक उपशाखा,   झापा जिल्ला कार्यसमिति सदस्यहरु चन्द्रा उप्रेती, कल्पना उप्रेती लगायत आजीवन सदस्यहरुको उपस्थिती रहेको थियो । मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सह–संयोजक  रोशनी खनाल अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सह– सचिव आरजु खतिवडाले गर्नु भएको थियो ।