झापा । भरत प्रसाई,  विपन्नलाई झुल अभियान अन्र्तगत सहयोगी मनहरु नेपालले एक कार्यक्रमका बिच गौरीगञ्ज  गाउँपालिका वडा नम्वर ३ का अति विपन्न ३० घर परिवारलाई  निशुल्क झुल वितरण गरेको छ ।

  सामाजिक सेवामा सक्रिय संस्थाले  विपन्नताकै कारण  झुल किन्न नसकिरहेका परिवारहरुलाई खोजी गरी झुल वितरण गर्न लागेको संस्थाका महासचिव बिष्णु उप्रेतीले बताउनु भयो

f42df0c8-677e-427b-af8c-607b6079d13f। गौरीगञ्ज  गाउँपालिका वडा नम्वर ३  वडाध्यक्ष  रवण गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्राममा संस्थाका अध्यक्ष भीम आचार्यले  मुलुक भरी अभियान तिब्र रुपमा बढीरहेको बताउनु भयो ।

संस्थाका मानार्थ सदस्य समिन रिजालले सञ्चाल गरेको कार्यक्रममा स्थानियबासीहरुको बाक्लो उपस्थिीति रहको थियो । 

1e07d3d8-71dc-4483-8949-be6841505d0eत्यस्तै अभियानकै क्रममा  दमक वडा नम्वर ७ का अति विपन्न  २० परिवारलाई पनि झुल वितरण गरिएको थियो । संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडा नम्वर ७ का वडाध्यक्ष भिम पौड्यलले विपन्न केन्द्रित  अभियानमा सहयोगी मनहरु नेपाल सधै जोडिदै आएकोमा आफुलाई खुसी लागेको बताउनु भयो । 

0b898cf9-2747-41fe-b29e-a38129564f8aउहाँले सहयोगी मनहरु नेपालबाट तपाई हामीले धेरै कुरा सिक्ने मौका पाएको बताउनु भयो ।

संस्थाका मानार्थ सदस्य समिन रिजालले सञ्चाल गरेको कार्यक्रममा स्थानियबासीहरु, समिति सदस्य  जानुका बुढाथोकी,लेखा संयोजक अनिता श्रेष्ठ  , रुपा धिमिरे लगायतको उपस्थिती रहको थियो ।