सतासी सप्ताहिक खबर पत्रिकाले सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा श्रष्टा दिलिप घिमिरे मनाहाङ स्मृती पत्रकारिता पुरुस्कारबाट सम्मानित हुनु भएको छ ।

झापाको दुधेमा सम्पन्न सतासी सप्ताहिक खबर पत्रिकाको ८ औ बार्षिक साधारण सभामा उहाँलाइ सम्मान गरिएको हो ।

1111111कार्यक्रममा बिच बरिष्ठ साहित्यकार बिराट किराँतीलाई पनि रोजिन स्मृती साहित्य पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मानित दुबैलाई मनाहाङ स्मृती पत्रकारिता पुस्कारका सस्थापक भवानी बिक्रम सेलिङले टोपी लगाई सम्मान गर्नु भएको थियो ।

222222मनाहाङ स्मृती पत्रकारिता पुस्कारबाट सम्मानित दिलिप घिमिरे सहित उहाँकी श्रीमती इन्दिरा दाहाललाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सदस्य सुमित्रा वाङदेल चेली र बिशिष्ट अतिथि बरिष्ठ गितकार शिवशंकार थापाले नगद १० हजार सहित सम्मानपत्र सम्मान गरिएको हो ।

सतासी प्रेस कलबका अध्यक्ष सेलिङ केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टंक भण्डारीले स्वगत मन्तब्य  राख्नु भएको थियो ।

4444444

रोजिन स्मृति प्रतिष्ठान, शिवसतासी ७ झापा र सतासी प्रेस क्लब झापाले संयुक्त आयोजना सम्पन्न कार्यक्रमको सञ्चालन बिबश बलिभद्र कोइरालाले गर्नु भएको थियो ।  कार्यक्रममा  किसान कृषी सहकारीका अध्यक्ष हरी शंकर सिलवाल, शिवसताक्षी  सुनचाँदी व्यवसायीका संघका उपाध्यक्ष रोमन लामगादे, कवी तथा लेखक सेलिङ के सी , पत्रकार केशव भट्टराई लगायको उपस्थिती रहेको थियो ।