सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले  झापाको बिर्तामोड १ स्थित होटल डाउन टाउनमा  १ दिने ट्राफिक सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

विश्वमै विकराल समस्याको रुपमा रहको ट्राफिकको समस्या दिन प्रतिदिन बढ्दै्् गएको कार्यक्रममा  सहभागी सराकारवालाहरुले बताएका  छन् ।

बिर्तामोड नगरपालिकामाको आर्थिक सहयोगमा सम्पन्न प्रशिक्षण कार्यक्रमको सहजीकरण  जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमले गर्नु भएको थियो ।

बिभिन्न १५ पालिकामा कार्यरत  सरकारी सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको  बिर्तामोड नगरपालिकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले बताउनु भयो ।

123

उहाँले सबैजना आफ्नो पेसा प्रति जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

आफ्नो १५ वर्षको सेवामा पहिलो पटक बिर्तामोड नगरपालिकाले सरकारी सवारी चालकहरुलाई  ट्राफिक सचेतना सम्बिन्ध प्रशिक्षणको आयोजना गरेको सरकारी चालक एशोसिएशनका महासचिव  खेमराज नेपालले बताउनु भयो । 

 कार्यक्रमका बिच उत्कृष्ट सवारी चालका रुपमा अर्जुनधारा नगरपालिकाका राजकुमार परियार र  झापा गाँउपालिकाका हरिभुजेल लाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रशिक्षणमा ट्राफिक नियम र सवारी दुर्घटनाका सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको हो ।