नेपाली चलचित्र ‘खजुरे ब्रो’को प्रिमियर शो भएको छ । 

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियरमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्रमा मित्रता र पैसाले श्रीमान—श्रीमती र परिवारमा आउने उत्तारचढावलाई देखाइएको छ ।

चलचित्र धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको हो । फिल्मले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ ।

फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ । कार्यक्रममा बोल्दै अभिनेत्री नीति शाहले यो चलचित्र आफ्नो पहिलो चलचित्र भएको र यसबाटै नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको बताउनु भयो ।