बिर्तामोड । फरकपन सहितको नविन अभ्यास भन्ने मूल नाराका साथ स्थापना गरिएको केवीआर क्रिएशन ग्रुपले रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको बिर्तामोड ४ मा कार्यलय रहेको समूहले २०७९ सालबाट आफ्नो साहित्यक गतिविधि सञ्चालन गर्दै आएको छ ।
झापाका विभिन्न प्रतिभाहरुलाई जोड्दै कला साहित्य र संगितको संगम स्थल बनाउने अभियानमा जुटेको समूहकी महासचिव प्रतिभा ढकालले जानकारी दिनु भयो ।
समूहको
आज बसेको बैठकले भरत प्रसाईको अध्यक्षतामा १४ सदस्य कार्यसमिति गठन गरेको छ ।
जसमा उपाध्यक्षद्वय देव बास्कोटा, रेजिना बाँस्कोटा,महासचिव प्रतिमा ढकाल,सचिव मुना प्रसाई,सह–सचिव सुस्मिता बर्तौला,कोषाध्यक्ष मुना काफ्ले सानु र सदस्यहरु, तारा बिष्ट, विवेक खरेल, ओमनारायण राजवंशी, झर्ना दुलाल र आशा काम्बाङ चयन गरिएको छ ।
समूहको आज बसेको बैठकले सोसियल
मिडियाका उत्कृष्ट प्रतिभालाई सम्मान
गर्दे सामाजिक सचेतना जगाउने भिडियो चलचित्र निर्माणमा समूह जुट्ने संस्थाकी प्रेस
संयोजक झर्ना दुलालले बताउनु भयो ।
संस्थाका सदस्यहरुको जन्मदिनको अवसरमा विभिन्न सामाजिक सेवामुलक गतिविधि गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा झापा जिल्लाबाट आएका नवोदित
स्रष्टाहरुले विभिन्न छन्द र रसका कविता बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मुना
प्रसाईले गर्नु भएको थियो ।














