इलाम । इलाममा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा माई नगरपालिका ८ निवासी विक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र सोही ठाउँका राजेन्द्र आङदेम्बेका अन्दाजी ९ वर्षीय छोरा किस्मन आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


माई नगरपालिका–८, बाँदरगाउँस्थित माई खोलामा उनीहरू पौडी खेल्न गएका थिए ।

मिङसुहाङ पानीमा डुबेको अवस्थामा फेला परेको थियो । उनलाई उद्धार गरी थप उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आङदेम्वेको खोजतलास गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ ।