झापा । जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध जनचेतनामूलक र्याली गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमवार भद्रपुरमा र्याली भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा झापा भद्रपुर नगरपालिका वडा नम्बर १) स्थित जिल्ला प्रशासन कार्यालय झापाबाट प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा र्यालीको आयोजना गरिएको थियो ।
र्यालीमा झापाका बिभिन्न सामाजिक संघसंस्थाको सहभागीता रहेको थियो । र्यालीमा जनचेतनामूलक प्ले कार्ड, व्यानरसहित उक्त प्रभात फेरि र्याली चन्द्रगढी बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा कोणसभामा परिणत भएर समापन भएको थियो ।
जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध जनचेतनामूलक प्ले कार्ड, व्यानरसहित सम्पन्न भएको प्रभात फेरीमा स्थानिय प्रतिनीधी लगायत विभिन्न जातीय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।














