बिर्तामोड । भरत भाबुक प्रसाई,  क्षितिज नाट्य समूहले सामाजिक रुपान्तरण एवं कलाकारहरुको क्षमता बिकास गर्ने उदेश्यले ७ दिने  नाट्य कला सम्बन्धि कार्यशालाको आयोजना गरेको छ ।

2

बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कलाकारहरलाई आर्शिवाद प्रदान  गरि उद्घाटन गरिएको कार्यशाला जेष्ठ २६ गते देखि जेष्ठ ३१ गते सम्म क्षितिज नाटक घरमा सञ्चालन  हुने कार्यक्रम संयोजक एवं क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधव कल्पितले जानकारी दिनु भयो ।

_MG_0054

कार्यक्रमको सहजीकरण गर्नु भएका कल्पितले आउँदो वर्ष सार्क स्तरीय नाटक महोत्सवको आयोजना गरिने बताउनु भयो ।

उहाँले  विभिन्न देशबाट प्रतिनिधित्व गर्ने २९ वटा नाटकलाई महोत्सवमा समावेश गरिने बताउनु  भयो । 

क्षितिज नाट्य प्रतिष्ठिानका संरक्षक राजकुमार पोखरेले कार्यक्रमको भव्य सफल्ताको शुभकामना दिदै सामाज रुपान्तरणमा नाटकले अहम भुमिका खेल्ने बताउनु भयो । 

प्रस्ततु कार्यशालाबाट कलाकारहरुको अभिनय दक्षता बढाउनमा मद्वत पुग्नेमा आफु विश्वस्त रहेको उहाँको भनाइ थियो ।

_MG_0047

सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजित कार्यशाला बिहान १० ः३० देखि ४ः३० सम्म सञ्चालन हुने जनाइएको छ ।

 नृत्य बिभागका उपाध्यक्ष माधब भेट्वालकाे नृत्य, बाल कलाकार आशुतोश भट्टराईले नाटक, क्षितिज नाट्य  प्रतिष्ठान पाँचथरका  अध्यक्ष  नगेन्द्र खतिवडाले गित, दिपा ढकाल नृत्य र भिमा खतिवडाले गजल प्रस्तुत गर्नु  भएको कार्यक्रमलाई साहित्य विभागका उपाध्यक्ष दुर्गा प्रसाद सिग्देलले स्वागत गर्नु भएको थियो । 

 समाज बनाउने जिम्मेवारी सबैको भएको बताउदै कार्यशालाको पूर्ण सफल्ताको शुभकामना दिनु भयो ।

उहाँले भएन छैन भनेर निराशावादी मात्रै हुन नहुने बताउनु भयो ।  त्यस्तै कोशी प्रदेशका भित्र रहेका नागरिक, समाजका अभियन्ताहरुको अथक देनबाट मात्रै नाटक घर यो स्थानमा आईपुगेको नाटक घर निर्माण उपभोक्ता समितिका अध्यक्ष  प्रेम कुमार खरेलले बताउनु भयो । 

_MG_0056क्षितिज नाट्य प्रतिष्ठानले हाल सम्म आफ्नो १८ वटा शाखा विस्तार गरिसकेको छ । कुल ५ सय ५२ जना प्रतिभालाई जोड्न सफल समूहले नेपालकै  उत्कृष्ट २५ अरवको लगानीमा निर्माण हुने सांस्कृतिक संङग्रालयको परिकल्पनामा काम भइरहेको केन्द्रिय अध्यक्ष कल्पितले बताउनु भयो । 

 कार्यशालामा इलाम , पाँचथर र झापा शाखाका कालाकारहरुको सहभागिता रहने क्षितिज नाट्य प्रतिष्ठानका सचिव  ताराप्रसाद भट्टराईले बताउनु  भयो । 

संस्थाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष  हरि प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रिय अध्यक्ष कल्पितले गर्नु भएको थियो । 

नाट्य बिभागका अध्यक्ष गजेन्द्र पृथक र सचिव समीक्षा खतिवडा लगायत झापा, पाचँथरका कलाकारहरको उपस्थिती रहेको थियो ।