झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को देवभूमी बिद्यापीठ इग्लिस बोडिङ स्कलले ‘गट ट्यालेन्ट २०८१’ कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले शनिवार बिर्तामोडमा आयोजना गरेको  गट ट्यालेन्ट कार्यक्रम सम्पन्न गरेको हो । 

अध्ययनसँगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागीता गराउँदै आएको देवभूमीले अभिभावकसहित बिर्तामोडमा ‘गट ट्यालेन्ट’ कार्यक्रम आयोजना गरेको थियो । बालबालिकामा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले बिद्यालयले बिभिन्न अतिरिक्त क्रियाकलाप गराउदै आएको छ । 

गट ट्यालेन्ट कार्यक्रम अन्तरगत बिद्यार्थीहरुले नृत्य, गायन, अभिनय, अग्रेजीमा स्पीच, कराँते प्रस्तुती, कविता, उसुको कला प्रस्तुती, चित्रकला, नेपाली वतृत्व, सो डान्सलगायतका बिधामा आ–आफ्नो प्रस्तुती दिएका थिए । गट ट्यालेन्ट कार्यक्रमको प्रथम  स्वप्निल चौहान, दोस्रो आलोक तिम्सिना र तेस्रो रिवान खतिवडा भएका छन् । गट ट्यालेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई सम्मानसहित ट्रफी प्रदान गरिएको थियो ।