बिपन्न मुस्लिम समुदायका विद्यार्थीहरु विद्यालय जाने बातावरण सृर्जना होस भन्ने उदेश्यले एक कार्यक्रमका बिच बाल बिकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई निशुल्क पोशाक वितरण गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा मदरसा तालिमुल कुरान आधारभुत विद्यालय का अति विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाको निति अनुरुप बिर्तामोडमा रहेका २ धार्मिक विद्यालयलाई समान अपनत्व का साथ हेरबिचार गर्दै आएको बताउनु भयो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै मदरसा व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले मुस्लिम समुदाय भित्र महिला बाहिर निस्किएर काम गर्नु हुदैन भन्ने सोचलाई चिर्दै सम्भवत मदरसा तालिमुल कुरान आधारभुत विद्यालय नेपालमै पहिलो महिलामैत्री मदरसा बन्न सफल भएकाे बताउनु भयाे ।
कार्यक्रमका बिच मुस्लिम समुदायबाट जग्गा दान गर्ने जग्गा दाता अमरुदीन मिया लगायत मदरसको स्तर उन्नतीका लागी योगदान पु¥याउने विभिन्न व्यतित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका बिर्तामोड खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोला,एमाले बिताृमोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नम्वर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, शिक्षा शाखाका प्रमुख तिलचन्द भण्डारी लगायतको उपस्थिती रहेको थियो ।














