ओम नारायण राजवंशी। बिर्तामोड, युवा अवस्थामा आफुलाई अरु भन्दा भिन्न बनाउने प्रतिस्पर्धा कारण युवाहरु दुर्व्यसनमा फस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरिक्षक नरेश लिम्बुले बताउनु भयो ।
झापा टुडेको आयोजना तथा बिर्तामोड वडा नम्वर १ को सहजीकरणमा आयोजित लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रमको सहजीकरण गर्दे उहाँले यस्तो बताउनु भएको हो ।
प्रहरी निरिक्षक नरेश लिम्बुले लागुपर्दाथ अफिम , गाँजा नेपालको तराई जिल्लामा ओसार पोसार, बिक्रि वितरण गरिने भएकाले विद्यार्थीमा स्कुल समय देखि नै यसको बारेमा जानकारी हनुपर्ने बताउनु भयो ।

बिर्तामोड वडा नम्वर १ भित्र रहेका विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना जगाउने उद्देश्य कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष हिमाल खरेलले जानकारी दिनु भयो ।
बिर्तामोड वडा नम्वर १ का वडा अध्यक्ष अग्नी पाण्डले समाज रुपान्तरण गर्ने पहिलो आधारशिला भनेकै बालबालिका रहेको बताउनु भयो । उहाँले सबै मिलेर दुव्यसनलाई पूर्ण रुपमा न्यूनकरण गर्नु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष पाण्डेले ब्यानर पढेर उद्घाटन गर्नु भएको सचेतना कार्यक्रम आज र भोली गरि वडा १ भित्र रहका विद्यालयहरु बाल्मिकी एजुकेशन, मनकामना सेकेण्डरी र ग्रिन फिल्ड वल्ड स्कुलमा सम्पन्न गरिने बिर्तामोड वडा नम्वर १ की सचिव टिका अधिकारीले बताउनु भयो ।
भोलीका भविष्यका रुपमा चिनिएका बालबालिका दुर्व्यसनमा नफसुन भन्ने उदेश्यले गरिएको कार्यक्रम अत्यन्तै राम्रो भएको औषधी व्यवसायी संघका अध्यक्ष जिवनकुमार खड्काले बताउनु भयो ।
कार्यक्रममा बाल्मिकी एजुकेशन फाउण्डेशका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहको थियो । बिर्तामोड वडा नम्वर १ की वडा सचिव अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पत्रकार विनिशा शर्माले गर्नु भएको थियो ।














