बिर्तामोड ।  साहित्य चौतारी झापाले छ जना  अग्रज श्रष्टालाई अभिनन्दन तथा सम्मान गरेको छ । 

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत  जेठ महिनाको मासिक सांगितिक काब्यसभामा  नेपाली कला साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने छ जना अग्रज श्रष्टालाई अभिनन्दन तथा सम्मान गरेको हो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रा.डा. गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी संस्थापक\संरक्षक एवम् वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक  उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् ।

_MG_0134

संस्थाका पूर्व सचिव डिकमान विरहीले रचना गरेको तथा संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको स्वर र संगीतमा रहेको स्वागत गीत अध्यक्ष श्रेष्ठले गाएर कार्यक्रमका अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा संस्थापक तथा संरक्षक श्रेष्ठका दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवंगत श्रष्टाहरुको स्मृतिमा मौनधारण गरिएको थियो ।

_MG_0147प्रमुख अतिथि प्रा.डा. भण्डारीले पानसमा दीप प्रज्जवलन र व्यानर वाचन गरी शुरु गरिएको कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठले औचित्यमाथी प्रकाश पार्दै संस्था स्थापनादेखि हालसम्मका गतिविधीसहित साहित्य संगीत कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने अग्रज श्रष्टाहरुलाई अभिनन्दन तथा सम्मान गर्न पाउँदा संस्था आफैं सम्मानित भएको बताएका थिए ।

_MG_0274उनले आगामी असार ३१ गते आयोजना गरिने संस्थाको रजतवर्ष महाअभियान समापन कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गरे । 

बिर्तामोडस्थित होटल हिकोला हेरीटेजको साहित्य चौतारीको सभाहलमा भएको कार्यक्रममा अग्रज श्रष्टाहरु प्राज्ञ सरोजा खड्गी (पथरी ) र प्राज्ञ गङ्गादेवी सुवेदी ( विराटनगर ) लाई कलातर्फको अभिनन्दन गरिएको थियो ।

प्राज्ञ खड्गीको अभिनन्दन पत्र उपाध्यक्ष हिम्मत नेम्वाङ र प्राज्ञ सुवेदीको अभिनन्दन पत्र कानूनी सल्लाहकार कृष्ण पौडेलले बाचन गरेका थिए । 

कार्यक्रममा सदस्य एनवी दाहाल नविनले वाचन गरेको सम्मान पत्र साहित्यतर्फ साहित्य चौतारी झापाका पूर्व सदस्य मेचीनगर १० निवासी विनोद खनाललाई , निवर्तमान अध्यक्ष हस्त परियारले वाचन गरेको सम्मान पत्र  संगीततर्फ  बिर्तामोड निवासी संस्थाका निवर्तमान उपाध्यक्ष दीपक रायमाझीलाई , संस्थापक उपाध्यक्ष शेखर ढकालले वाचन गरेको सम्मान पत्र उद्यमीतर्फ बिर्तामोड निवासी संस्थाका संस्थापक कोषाध्यक्ष  महेन्द्र मित्तललाई , सल्लाहकार अनिरुद्र ओलीले वाचन गरेको सम्मान पत्र  साहित्य,पत्रकारितातर्फ संस्थाकी पूर्व सदस्य कालीस्थान निवासी पत्रकार  इन्दु पूर्वेलीलाई प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भण्डारी, संस्थापक संरक्षक श्रेष्ठलगायतले दोसल्ला, माला, टीका र अभिनन्दन तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अभिनन्दित प्राज्ञ सुवेदी, सम्मानित सदस्य खनाल, पूर्व अध्यक्ष टंक विकल्पले शुभकामना मन्तव्य राखेका थिए भने कार्यसमितिका सल्लाहकार संयोजक तथा रजत वर्ष स्मारिका प्रकाशन समितिका संयोजक राजेन्द्र संग्रौलाले साहित्य चौतारी झापाले प्रकाशन गर्न लागेको रजत वर्ष स्मारिकाको बारेमा जानकारी गराउनुका साथै स्मारिकाका लागी लेखरचना पठाउन आग्रह गरेका थिए ।

कार्यक्रममा ९४ वर्षिय लेखक स्रष्टा डम्बरबल्लभ न्यौपानेको “दुर्गापूजा विधि” पुस्तकको लोकार्पण गरिएको थियो भने  पुस्तकको समीक्षा स्रष्टा मेघनाथ बन्धुले गरेका थिए ।

_MG_0165कार्यक्रममा सरगम संगीतालयका अग्रज संगीत प्रशिक्षार्थी ७० वर्षिय लिला खत्री खतिवडाले गीत, सप्तक संगीत विद्यालयकी रोहिका तिम्सिनाले गीत, सप्तक संगीतालयका  सिलास हेमरम, अपेक्षा भण्डारी, अलिया अधिकारी, शिखा दुलाल, साहरा पोखरेलले गीत प्रस्तुत गरेका थिए ।

स्रष्टा दिङ्लाली कान्छो, प्रमोद दाहालले गजल वाचन गरेको कार्यक्रममा आर्ट स्टुडियो नौमती बाजा महिला समूहले मुरलीको धुन र नौमती बाजा बजाएर सबैको मन जितेका थिए । साहित्यिक तथा साँगीतिक प्रस्तुति दिने स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा  झापा , विराटनगरसहित विभिन्न स्थानका स्रष्टाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले गरेको संस्थाका सहसंरक्षक सचिव गौरव श्रेष्ठले जानकारी दिए ।