राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गर्नुभएको छ । राष्ट्रपति कार्यालयले शीतल निवासमा रोपाइँ कार्यक्रम गरेको हो ।
कार्यक्रममा राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
रोपाइँमा सहभागी राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन आफू प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभएको छ ।
'पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो ।
पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो ।
पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ', राष्ट्रपति पौडेलले भन्नुभयो, 'यसले पनि असन्तुलन भयो ।
त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।'














