काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ ।
काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न पार्टीका नेताहरू चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपेन्द्र यादव, डा. सीके राउत, रञ्जिता श्रेष्ठ लगायत पुग्नुभएको थियो ।
तर उद्घाटन सत्रमा नेकपा एमालेका भने कुनै प्रतिनिधि पनि पुगेनन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक फोन र म्यासेज गर्दा पनि प्रतिनिधि नआएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताउनुभयो ।
यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो ।
२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ ।














