ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्
अविरल वर्षाका कारण आज सोमबार बिहान गएको पहिरोले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भउका हुन् ।
२३ परिवार जोखिममा परेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनु भयो ।
पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बर बहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष सुनुवारले भनाइ छ ।
पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् ।
पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैंसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनु भयो ।















