सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुखको बिदाई तथा स्वागत गरेको छ ।
नगरले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक प्रबिनकुमार भट्टराईलाई सम्मानसहित बिदाईसँगै प्रमुखका रुपमा नायव निरिक्षक किरण मोक्तानलाई स्वागत गरेको छ ।
कनकाई नगरमा सोमबार एक समारोहका बिच प्रमुखद्धयलाई स्वागत तथा बिदाई गरिएको हो । उनीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीले स्वागत तथा बिदाई गरेका थिए ।
कनकाई नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उपप्रमुख शिवाकोटीले गरेकी थिइन् ।
कार्यक्रममा बिदाई भएर जाने इप्रका सुरुङ्गाका प्रमुख तथा प्रहरी बरिष्ठ नायव निरिक्षक भट्टराईले कनकाई नगरले समन्वय र सहयोग गरेको भन्दै नगरको प्रशंसा गरे ।
त्यस्तै जिल्लाबाट इप्रका सुरुङ्गाको प्रमुखका रुपमा आएका नायव निरिक्षक मोक्तानले पनि नगरपालिकासँग समन्वय गरेर कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो धैरै बर्षको प्रहरीको जागिरको क्रममा अहिलेसम्म कुनैपनि नगरपालिका तथा गाउँपालिकाले प्रहरीको स्वागत नगरेको बताउँदै कनकाई नगरले गरेको स्वागतले थप उर्जा मिलेको बताए ।














