काठमाण्डौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गरिने बताउनुभएको छ ।

प्रमुख दुई दल कांग्रेस र एमालेबीच सहमतिका लागि आवश्यक प्रक्रियामा शुरुदेखि नै काम गरेका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नेसमेत बताउनुभएको छ ।

महासचिव पोखरेलले आज बिहान सामाजिक सञ्जालमा पछिल्लो सहमतिको बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र त्यसैअनुसार कानूनसमेत निर्माणगर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन समझदारी भएको र यो प्रकृयामा सहमत दललाई पनि राष्ट्रिय सरकारमा समावेश गरिने जानकारी दिनुभयो ।