साहित्य चौतारी झापाले अग्रज भाषाविद् चूडामणी रेग्मीको स्वास्थ्य अवस्था अवलाकन गरेको छ ।

साहित्य चौतारी झापाका संरक्षक तथा अध्यक्ष  देवीभक्त श्रेष्ठ, सल्लाहकार राजेन्द्रप्रसाद संग्रौला,महासचिव भानुभक्त कुभिण्डेली र सहकोषाध्यक्ष  कुमार श्रेष्ठको टोली उहाँको निवास चन्द्रगडी पुगी स्वास्थ्य सुधारका निम्ति कामना गरेका थिए ।

WhatsApp Image 2024-07-04 at 16.09.07

साहित्य संगित कलाको संगम साहित्य चौतारीले स्रष्ठाको सम्मान सहित यही असार ३१ गते राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गरेको छ ।

भाषाविद् चूडामणी रेग्मीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आउन थालेको साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठले बताउनु  भयो ।

रेग्मीले आफ्नो स्वास्थ्यले साथ दिए कार्यक्रममा उपस्थिती जनाउने पनि उहाँले बताउनु भयो ।

थोरै  बोली साहित्य चौतारी टिमलाई स्वागत गर्नु भएको सल्लाहकार संग्रौलाको भनाइ छ।