बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले सामुहिक रुपमा छलफल गरिने निर्णयको अभ्यासलाई लत्याएर मनोमानी ढंगले आफू खुशी निर्णय गरेको भन्दै कार्यसमिति झापाका सदस्यहरुले सामुहिक राजिनामा दिएका छन ।
राजिनामा दिनेहरुमा शीतल अधिकारी कार्यवाहक सचिव , निरञ्जनमैनाली सह –सचिव लक्ष्मी गिरी कोषाध्यक्ष र सदस्यहरुमा मनिष बराल, भिमकुमारी बस्नेत,सौगात घिमिरे,किस्मिका पोखरेल र लेलिना गौतम रहेका छन।

३ बुदे असन्तुष्टि राख्दै सामुहिक राजिनामा दिएका हुन , जसमा भनिएको छ ,
१ बा सँग बालबालिका कार्यक्रमका सम्पन्न गर्नका लागि सामान्य प्रक्रिया समेत नअपनाएको ।

२ पत्राचार र आर्थिक प्रस्तावहरू नियमसँग नदेखिएकाले गर्दा आर्थिक अपारदर्शिता भएको ।

३ आफू खुशी कार्यक्रम आयोजक समिति खडा गरी आफ्ना निकटतम व्यक्तिहरू चयन गरिएको ।