सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत नदिने भएको छ।

पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मत नदिने निर्णय गरेको सांसद अब्दुल खानले जानकारी दिए। प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन्। 

जनमत पार्टीले दाहाल नेतृत्वको सरकारलाई अहिलेसम्म समर्थन गरेको थियो।

 जनहितमा जारी

मधेसमा जनमतको नेतृत्वमा सरकार छ। जनमत पार्टी नेतृत्वको सरकारलाई नेपाली कांग्रेस र नेकपा (एमाले) र लोसपाले विश्वासको मत दिएका थिए ।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो।