बिर्तामोड । भरत प्रसाई, नेकपा माओवादी केन्द्र झापाले  यही १९ गते शनिवार विभिन्न पार्टी परीत्याग गरी माओवादीमा आउने ५ सय बढी कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेकाे जनाएकोे छ ।


123झापाकाे बिर्तामोड स्थित बिनायक होटलमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिइएको थियो ।

नेकपा माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आर्चायले  संविधान धरापमा परेको बताउदै जनवादी समावेशी गणतन्त्र र संविधानको रक्षाको लागी झापाबाट अभियानको बिगुल फुक्न लागेको बताउनु भयो ।


उहाँले माआवादी प्रतिपक्षमा बसेर संगठन विस्तारमा लाग्ने बताउनु भयो ।

 जनहितमा जारी

4

एमाले र कांग्रेस पार्टीको गठबन्धन बन्नु र सरकार परिर्वतन हुनुमा केही व्यापारी धनी व्यवसायीहरुको प्रमुख हात रहको बताउनु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज हर्क बहादुर नेम्बाङगले केही व्यापारीहरुको धरमा मध्यरातमा भएको सम्झौता जनताको हितमा रहेको बताउनु भयो ।

उहाँले माओवादी जनताको घरघर गएर माओवादी नीति र सिद्वान्तका बोरमा स्कुलिङ गर्न लागेको बताउनु भयो । 

कार्यक्रमको प्रमुख आर्कषण नेकपा माओवादी केन्द्रका उपमहासचिव  हरिबोल गजुरेल रहनु हुने छ ।

पत्रकार  सुरेन्द्र भण्डारीले झापाका १ सय ३१ वडा रहेकाे झापामा राजवंशी समुदायको आडले केवल १२ वटा वडा माओवादीले जितेको अवस्थामा संगठन प्रति आम नागरीकको  विश्वास कसरी ल्याउन सक्नु हुन्छ भनी प्रश्न गर्नु भएकाे थियाे।

पत्रकार को प्रश्नको उतर दिदै झापा जिल्ला संयोजक आर्चायले  समावेशीमा माओवादी विश्वास राख्ने भएकाले  जनताको अबको भरोसा माओवादी नै रहेको दाबी गर्नु भयो ।