झापाली साहित्य समाजकाे आयोजनामा मिलन संग्रौलाको उपन्यास बावऋ समिक्षा कार्यक्रम आयोजना हुने भएको छ । पत्रकार मञ्चले कार्यक्रमकाे सहजीकरण गर्ने छ ।
छलफल सभालाई सम्बोधन गर्दै साहित्य पत्रकार मञ्चका सल्लाहकार तथा पत्रकार सन्तोश आर्चायले पत्रकार मञ्च अब चलायमान र उदेश्यपरक बनी स्रष्टाको मन जित्न सफल हुनुपर्ने मा जोड दिनु भयो ।
त्यस्तै संस्थाका अर्का सल्लाहकार तीर्थ सिग्देलले पाठक र स्रष्टाबिचमा सम्बन्ध स्थापित गर्न यस मञ्च लाग्न सुझाउनु भएको थियो ।
बैठकले विविध विषयमा छलफल गर्दै विभिन्न रचनात्मक काम गर्ने निर्णय पनी गरको छ ।
हरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत भाबुक प्रसाईले गर्नु भएको थियो ।














