बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।

उहाँले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उहाँ फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्थ्यो । हिजै मात्र ढाका फर्किएर उहाँले  सपथ ग्रहण गर्नुभएको हो । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि हुनुहुन्छ ।