बिर्तामोड ७ मा रहको कञ्चन अंग्रेजी स्कुलले बिद्यार्थीको क्षमता अभिबृद्वी गर्ने उदेश्यले उद्घोषण तथा भाषण कला सम्बिन्ध शैक्षिक कोर्ष सञ्चालनमा ल्याएको छ । 

विद्यार्थीहरुको कलासँगै सिर्जनात्मक क्षमताको विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रत्यक्ष प्रभावपार्ने  विद्यार्थीमैत्री शिक्षाको  थालनी गरेको विद्यालयका  प्रधानाध्यापक  दिपक चम्लागाँईले बताउनु भयो । 

123 1विद्यालयसँगै गाउँ समाजमा आयोजित कार्यक्रममा आफ्ना कुरा विद्यार्थीहरुले निर्धक्करुपमा प्रस्तुत गर्न उद्घोषण शिक्षाले मद्वत पुग्ने विद्यालयका सह–प्रधानाध्यापक बद्री बाँस्कोटाले बताउनु भयो ।

विद्यार्थीहरुलाई उद्घोेषणकला, बोल्ने कलामा आत्मविश्वास कसरी बढाउने, औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालनका विषयमा  शिक्षा प्रदान गरिने प्रशिक्षक एवं मोफसल अनलाइनका प्रधान सम्पादक,  पत्रकार भरत प्रसाईले बताउनु भयो ।

पहिलाे दिनकाे प्रशिक्षणमा कक्षा ५ देखि ८ सम्मका ६० जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

WhatsApp Image 2024-08-08 at 16.43.14विद्यालयले पछिल्लो समय पढाइसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिदैँ आएको विद्यालयका सह प्राध्यापक बाँस्कोटाको भनाई भनाइ छ ।

विद्यालयले नृत्य खेल्कुद र उद्घोषण लगायत दैनिक जिवनमा आवश्यक पर्ने  शिक्षा सञ्चालनमा ल्याएको  उहाँले बताउनुु भयो । 

 ठुलो कम्पाउण्ड, पारिवारीक वातावरण रहेको विद्यालयले आउँदा दिनमा विभिन्न जीवन उपयोगी सामाजिक र प्राविधिक शिक्षा थप गर्दै लैजाने विद्यालय प्रशासनले जनाएको छ ।