झापाको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवाको शुरू गरेको छ ।
तीन महिना अघि झापाकै बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भने भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवा शुरु गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र परीक्षण गर्दा सबै पक्षको जानकारी दिने डिएनए परीक्षण सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको हो ।














