नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताउनु भयो ।
उहाँले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।