झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा कार्यालय अगाडि हिजो भएको दुर्घटनामा घाइते भएका बिर्तामोड दुई निवासी साइकल चालक कमल श्रेष्ठको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
टाउकाको अपरेसनपछि उनको अब्जर्भेसनमा राखेर उपचार भइरहेको बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष किशोर कुमार पौडेलले जानकारी गराउनुभयो ।
उक्त मोटरसाइकल महालक्ष्मी इन्टरनेसनलको रहेको पनि पौडेलले जानकारी दिनुभयो।
इन्टरनेसनलका कर्मचारी कृष्ण राजवंशी काम सकेर घर फर्कने क्रममा बिर्तामोड नगरपालिका २ मा दुर्घटना भएको थियो।
उक्त कम्पनी हालसम्म पनि सम्पर्कमा नआएको पौडेलले बताउनुभयो