काठमाडौं । साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

सुनसरीको धरानमा रहेको पीण्डेश्वर मन्दिरमा पनि जल चढाउन बोलबम भक्तजनको घुइँचो लागेको छ ।

1626403716-gNwfZ

पीण्डेश्वर बाबा धाममा बिहानैदेखि जल चढाउने भक्तजनको घुइँचो छ ।

455260960_122153531180246936_6000445842453041134_n

साउन महिनाभरिमा चतरास्थित सप्तकोशी नदीबाट जल ल्याएर पीण्डेश्वरमा चढाउन र दर्शन गर्न नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत भक्तजन आउने गरेका छन् । 

saune_sombar_NxtZqzZNOPत्यसैगरी पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारामा पनि साउनको अन्तिम सोमबार आज दर्शनार्थीको घुइँचो लागेको छ ।

1691994624-6Wrbs

पाँचथरका शिवालय मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ ।

PAsupati_-2_kh4jOrqsJTआज काठमाण्डौ उपत्यकामाा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा दर्शनार्थीको घुइँचो छ ।

Capture 8