कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् ।

बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए ।

स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी ९एस० अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे ।

२०७४ को निर्वाचनपछि राजनीतिक र वैचारिक बहसबिना हतारमा एमाले र माओवादीबीच पार्टी एकता गर्दा विभाजन भोग्नुपरेको भन्दै पार्टीभित्र र पार्टी–पार्टीबीच राजनीतिक कार्यदिशमा सहमति भएपछि मात्र मिल्नु उचित हुने नेपालले दाहाललाई सुझाएका छन् ।

दाहाल भने सकेसम्म छिटो एस र नेकपासँग एकता गर्ने पक्षमा छन् ।

संसद्मा अहिलेभन्दा बलियो प्रतिपक्ष मोर्चा निर्माण गरी कांग्रेस–एमाले सरकारलाई दबाब दिने नीति दाहालको छ ।