बिर्तामोड । भरत प्रसाई, साहित्य चौतारी झापाको आयोजनामा कवि, हाइकुकार, मुक्तककार विमल गिरीको सातौं कृति अजम्बरी (मुक्तक संग्रह)को गृह बिमोचन  गरिएको छ ।

IMG_0113 साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको  अध्यक्षता तथा संस्थाका सल्लाहकार हरीनारायण भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् ।

IMG_0125कार्यक्रममा प्रमुख अतिथि भट्टराई, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत  महेन्द्रकुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कृतिकार विमल गिरी,उनकी श्रीमती उषा गिरी,साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,कार्यक्रम संयोजक साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले अजम्बरी (मुक्तक संग्रह)को गृह बिमोचन  गरेका थिए। 

IMG_0078कार्यक्रममा साहित्य चौतारी झापाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले   कवि, हाइकुकार, मुक्तककार   विमल गिरीको परिचय प्रस्तुत गरेका थिए। 

झापा बिर्तामोड–२ चारपाने निवासी   कवि, हाइकुकार, मुक्तककार विमल गिरी  हाल  युरोपियन मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा  रहेर पनि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय रहेको बताए।


 IMG_0121 उनले सानैदेखि साहित्य सृजनामा सक्रिय गिरीको पहिलो कृति २०६५ सालमा गिती एल्बम ‘उपासना’ दोश्रो कृति २०६६ सालमा गिती संग्रह   ‘सम्झनाका तरेलीहरु’ तेश्रो कृति २०६८ सालमा  मुक्तक संग्रह ‘गोधुली मन’  चौथो कृति २०७२ सालमा मुक्तक संग्रह ‘स्पन्दनका छालहरु’, पाँचौं कृति २०७३ सालमा हाइकु संग्रह  ‘विभाजित मन’ ,र छैटौं कृति २०७९ सालमा हाइकु संग्रह ‘सुनाखरी’ र सातौं कृति २०८० सालमा ‘अजम्बरी’ मुक्तक संग्रहको  प्रकाशित भइसकेको बताए। 

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले कवि, हाइकुकार, मुक्तककार विमल गिरीले आफ्नो 

सातौं कृति अजम्बरी (मुक्तक संग्रह)  साहित्य चौतारीको सभाहलमा बिमोचन गराएकोमा खुशी व्यक्त गरेका थिए । 

कार्यक्रममा साहित्यकार तथा संस्थाका सम्मानित श्रष्टा विवस वलिभद्र कोइरालाले कृतिको समीक्षा गर्दै  कवि, हाइकुकार, मुक्तककार विमल गिरीको सातौं कृति अजम्बरी (मुक्तक संग्रह) समयसापेक्ष रहेको बताए। 

IMG_0072

कार्यक्रममा कवि, हाइकुकार, मुक्तककार विमल गिरीले आफ्नो गृहजिल्ला झापामा आफ्नो   सातौं कृति अजम्बरी (मुक्तक संग्रह)  विमोचन गर्न पाउँदा खुशी लागेको बताए । 

साहित्य, संगीत, कला, भाषा, संस्कृति ,परम्पराको जगेर्ना गर्दै साहित्यीक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साहित्य चौतारीमा आफ्नो कृति विमोचन गर्न पाउनु आफ्ना लागी गौरवको कुरा भएको उनको भनाई छ । 

कृति विमोचनका लागि आफू  बेल्जीयमबाट झापा आएको बताउदै गिरीले आफ्नो कृति पढेर साथ दिन सबैलाई आग्रहसमेत गरे ।

कार्यक्रममा सर्जकहरू मदन भण्डारी,भिजन गुरागाई, प्रशान्त वाग्लेले कवि, हाइकुकार, मुक्तककार विमल गिरीको 

सातौं कृति अजम्बरी (मुक्तक संग्रह)  बाट मुक्तक बाचन गरेका थिए। 

 कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत  महेन्द्रकुमार गिरीले साहित्य चौतारी झापाको आयोजनामा कवि, हाइकुकार, मुक्तककार विमल गिरीले सातौं कृति अजम्बरी (मुक्तक संग्रह) प्रकाशन गरेर साहित्यीक  क्षेत्रमा एउटा ईटा थपेको बताए।

कार्यक्रममा पूर्णचन्द्र श्रेष्ठ, विरही अधिकारी, पुण्यप्रसाद खरेल, इन्द्रप्रसाद ओली, केशव भट्टराई, तीर्थ सिग्देल, हिम्मत नेम्बाङ, जीवन धिताल, भवानी गौतम, कुमार श्रेष्ठ, सुव्रत नेउपाने, देवीप्रसाद संग्रौला, भूवन, देवीचरण भण्डारी, एनवी दाहाल नवीन, नारायण गिरी, डम्बरबहादुर गिरी, विनोद खनाल, मेघनाथ वन्धु, शान्ता पौडेल, अभिषेक भारती, इन्द्र बाँस्कोटा, दीपा भारती, मुना श्रेष्ठ, मिना अधिकारी, जय भण्डारी, विष्णु निरौला, प्रदीप पुरी, फोटो पत्रकार झापाका सचिव नरेश खरेल, भरत प्रसाईं, देशु सुब्बा, मिलन संग्रौला, रश्मिशेखर सुवेदी, समाजसेवी लीला मैनाली, सीता घिमिरे, कवि लीला अनमोल, जमुना खरेल लगायत सयौंको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन सदस्य सुनिता तामाङले गरेकी थिइन् ।