बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा न ६ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सुचना प्रकाशित गरेर उपनिर्वाचनको तयारी गरिरहेको जनाएको छ । आयोगले निर्वाचन गर्नका लागि सरकारको निर्णय पर्खेको बताएको छ । 


२०७९ मा भएको निर्वाचनमा सो वडामा नेकपा एमालेका उम्मेद्वार दीर्घबहादुर थापा निर्वाचित भएका थिए । क्यान्सर पीडित थापाको अघिल्लो बर्षको असारमा निधन भएको थियो ।

आयोगले बिभिन्न कारणबाट खाली भएका स्थानमा निर्वाचन गराउने निर्णय गरेपछि यस वडामा पनि निर्वाचन हुन लागेको हो । 

कनकाई ६ सहित देशैभर निर्वाचन गराउने तयारी गरिरहेको आयोगले जनाएको छ । यसै शिलशिलामा कोशी प्रदेशको सातवटा स्थानीय तहमा निर्वाचन हुने भएको छ ।

झापाको कनकाई(६ सहित मोरङ्को ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा, सुनसरीको गढी गाउँपालिका(६, तेह्रथुमको लालीगुराँस गाउँपालिका(८, ओखलढुंगाको मोलुङ गाउँपालिका(५, उदयपुरको त्रियुगा नगरपालिका(१२ र उदयपुरकै बेलका नगरपालिका(८ मा उपनिर्वाचन हुन लागेको हो । 


आयोगले स्थानीय तहका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध पनि गरेको छ ।

निर्वाचनको मिति तोकेपछि मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको हुनाले अहिले नै नामावली दर्ता गर्न आग्रह गरिएको आयोगका सहप्रवक्ता रघुराम बिष्टद्धारा जारी सुचनामा उल्लेख छ ।