बिर्तामोड । आशा काम्वाङ, साहित्य चौतारी झापाले नारीको महान पर्व तीजको अवसरमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्य चौतारीका संरक्षक तथा उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा संरक्षक देवीभक्त श्रेष्ठ छमछमी नाच्नु भएको थियो ।
कला साहित्य र संगितको संरक्षण र बृद्वी बिकासमा लागेको चौतारीले विभिन्न पर्वमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा तिज मिलन तथा शुभकामना आदान प्रदान गरिएको थियो साथै राष्ट्र कवि माधव प्रसाद घिमिरेको ५ औ पुण्य तिथीको अवसरमा श्रद्वा सुमन प्रकट गरिएको थियो । संरक्षक श्रेष्ठले आफ्ना पितृ लगायत अन्य स्रष्टाहरुलाई पनी सम्झनु भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य सुनिता तामाङले गर्नु भएको थियो ।














