७ भदौ, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने तयारी गरेको हो ।
सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले २-२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय पाउने गरी ५ मन्त्रालय बाँडफाँटको आन्तरिक सहमति भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।














