अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।


स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो । मुनाको अपार्टमेन्टमा जडित क्यामेरामा ति संदिग्ध मुनाको कोठाबाट बाहिरिँदै गरेको भिडिओ प्रहरीले प्राप्त गरेको थियो ।


स्थानीय समय अनुसार शनिबार राति ९ बजेर ४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।


पक्राउ परेका संदिग्धबारेमा थप खुलाइएको छैन । अनुसन्धानपछि मात्रै पूरा विवरण सार्वजनिक गर्ने र मुद्वा दर्ता गर्ने ह्युस्टन प्रहरीले जनाएको छ ।