सिटी सेन्टर बिर्तामोडको आयोजना तथा नेपाली जुत्ता घरको सह–आयोजनामा भदौ २५ गते देखि असोज २४ गते सम्म दशैं महोत्सव तथा जुत्ता मेला २०८१ हुने भएको छ ।
बिर्तामोड स्थित हेपी किचनको सभा हलमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

नेपाली उत्पादनको प्रवद्र्वन हाम्रो अभियान भन्ने मुख्य नारा सहित स्वेदेशी बस्तु प्रवद्र्वन गर्न उपभोक्तालाई प्रेरित गर्ने उदेश्यले जुत्ता मेला आयोजना गरिएको महोत्सवका संयोजक होमनाथ उपाध्यायले बताउनु भयो ।
उहाँले महोत्सवमा २५ वटा स्टलमा ५ कम्पनीका १० भन्दा बढी ब्राण्डका ३ हजार भन्दा बढी मोडेलका जुत्ताहरु उपलब्ध हुने बताउनु भयो । वाणिज्य संघका केन्द्रिय सदस्य नानी राज घिमिरेले विभिन्न ब्राण्डमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट गरिनुकाेसाथै दशै आर्कषक उपहारको ब्यवस्था गरिएको बताउनु भयो ।

महोत्सव भरीमा करिव १ लाख बराबरको ग्राहक आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
गत वर्ष पुष ९ गते देखि माघ १५ गते सम्म बिर्तामोड कोसिटीसेन्टरमा कोशी प्रदेश स्तरीय प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव सफल्तापूर्वक सम्पन्न भएको थियो ।
यस पटक नेपाली जुत्ता घर सह– आयोजक र सिटी सेन्टर आयोजक रहको छ ।














