बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोडमा रहेको अलास्का अटोमोबाइले टाटा मोर्टसको बहुप्रतिक्षित पञ्च इभी लन्च गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संधका केन्द्रिय सदस्य उमेश डालमिया र अटोमोबाइलका महाप्रबन्धक सावन्त जंग सिजापतिले संयुक्त रुपमा कारको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य नानीराज घिमिरे, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मेची यातातात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र रिजाल,पुर्व प्रहरी संगठन झापाका उपाध्यक्ष देवी संग्रौला,समाजसेवी युवराज प्रसाई,विश्व हिन्दु महासंघका अध्यक्ष ध्रुव शिवाकोटी लगायतले झापामा इुभी सवारी आउनु सुखद कुरा भएको बताउदै सम्मानित खरिदकर्तालाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बिर्तामोडका उपभोक्ता जिवन सापकोटा,युवराज काफ्ले विजय खतिवडालाई सम्मान सहित चाबी हस्तान्तरण गरिएको थियो ।
गाडीकाे करीव ३३ लाख ९९ हजार देखी ३८ लाख ९९ हजार सम्म मुल्य रहेको कोशी प्रदेश संयोजक जर्नादन पराजुलीले जानकारी दिनु भयो ।
पञ्च इभीका नेपालभरी १ सय ६६ स्थानका चार्जर स्टेशन रहेको केही थप गर्ने योजना रहेको डिलर मेनेजर मेघराज ढुङगाले बताउनु दिनु भयो ।
इभी भेकल लञ्च कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमेश डालमियाले गाडीमा धेरै विशेषता रहको बताउनु भयो ।
प्रदुषण कम गर्ने भएकाले अबको रोजाई इभीनै हुनु पर्नेमा जोड दिनु भयो ।
पञ्च इभी अन्य सवारी साधन भन्दा धेरै फरक फिचर रहेको छ । यस गाडीको चारवटा चक्कामा डिस ब्रेक लगाइएको छ ।
फोल्डिङ मिमर रहने भएकाले सानो पार्किङ एरियामा सजिलै पार्क गर्न सकिन्छ ।
गाडी ४ वटा भाषामा भ्वाइस कमाण्ड दिने लगायत अनेकौ फिचरहरु रहको अलास्का अटोमोबाइलका सञ्चालक प्रकाश शिवाकोटीले जानकारी दिनु भयो ।
यसको माइलेज २७० देखि २९० सम्म रहेको शिवाकोटीले बताउनु भयो ।
यस गाडीकाे ९० डिग्रीमा ढोका खुल्लिने भएकाले विल चियर सहितको बिरामीलाई भित्र छिराउन सजिलो हुने शिवाकोटीकाे भनाइ छ ।














