बिर्तामोड। भरत भाबुक प्रसाई, उद्यमी महिला परिषद, झापाले नयाँ कार्यसमिति चयन गर्दै आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

जिम्मेवार व्यवसाय, विकास र समृद्विमा हाम्रो प्रतिवद्वता भन्ने मुल नाराको साथ गठन गरिएको परिषद झापाले पुष्पा दाहालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

IMG_0902जसको उपाध्यक्ष, देव कुमार शेर्मा,भागिरथा उप्रेती सचिव,संगीता चिमरीया,कोषध्यक्ष, मायाँ प्याकुरेल उप–सचिव, चन्द्रमाया निरौला,सदस्यहरुमा कमल गाँउपालिका शान्ता उप्रेती दाहाल,कन्काई खिनमाया खतिवडा,हल्दीवारी अन्जु पन्त ओली,पार्वता लगायत १५ पालिकाबाट १÷१ जना सदस्यहरु मनोनय भएका छन् । 

महिला उद्यमी महासंघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी समेतरहनुभएकी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले उद्यमी महिला हितको पक्षमा बिर्तामोड नगरपालिका सधै रहेको बताउनु भयो ।

IMG_0900उहाँले परिवारको जिम्मेवारी वहन गर्दै उद्यमी बन्नु पर्ने बाध्यता रहेतापनि महिला उद्यमी सफल बन्न सक्नु खुसिको कुरा रहेको बताउनु भयो ।

महिला व्यवसायीकोे सहभागिताले सामाजिक रुपान्तरणमा महत्वपूर्ण  भूमिका खेल्ने महिला उद्यमी महासंघकी केन्द्रिय अध्यक्ष  अध्यक्ष सोभा गुरुङले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले सदस्य तथा सविधानसभा सदस्य  प्रेम गिरी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य उमेश डालमिया,नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय सदस्य सञ्जु बुढाथोकी,नेकपा एमाले झापाका सचिव तुलसी  कार्की, उप- सचिव असारु राजवंशी ,बिर्तामोड नगरकमिटी अध्यक्ष, सुवास भटटराई लगायतको उपस्थिती रहेको थियो ।