बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उद्घाटन गरेकी छन् ।

मेला उद्घाटन गर्दै मेयर प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन । 


गत बर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गरेको हो 


बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक नेपाली जुत्ता घर रहेको छ ।

एक महिनासम्म  सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।

img-20240910-wa0001ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।