बिर्तामोड ।  भरत भाबुक प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३५ बर्ष यता सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पति दोहन गर्न मात्र लागिपरेको आरोप लगाउनु भयो । 

मंगलबार झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताउनु भएको हो ।

77777आफ्ना मान्छे भर्ति गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याइ उपसभामुख इन्दिरा रानामगरलाई आचरण बिरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताउदै सत्ताका लागि दुई दलिय सरकारले जे पनि गर्न पछि नपर्ने बताउनु भयो ।

उहाँले एनसेल राजनीतिक दलका नेताहरुको दुहुनो गाई भएको आरोप समेत लगाउनु भयो ।

हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका उहाँको भनाई थियो । 

4

अध्यक्ष लिङदेनले कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु बर्षौसम्म राज्यस्रोतको दोहन गर्ने वाताबरण बनाउनका लागि भएको बताउनु भयो ।  उहाँले  कहिले सम्म भाई छोरा बेचेर देश चलाउने भन्दै प्रश्न गर्नु भयो ।

उहाँले राजनितिक प्रणालीमा परिर्वतन जरुरीरहेको बताउदै परिर्वतनको विजारोपण राप्रपाले झापाबाट गरी सकेको बताउनु भयो 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी  झापा जिल्ला उपाध्यक्ष  सिता लम्सालले स्वागत गर्नु भएको कार्यक्रममा विभिन्न नवप्रवेशी नेता तथा कार्यकर्ताले  पार्टी प्रवेश गर्नुको कारण र आवश्यकताका सन्र्दभमा प्रकाश पारेका थिए ।

IMG_0978

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर झापाका ४ सय भन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेको जनाइएको थियो । 

कार्यक्रममा केन्द्रिय सदस्य राजकुमार पोखरेल, गोपाल पौडेल, राम कुमार सिंह राजवंशी, कोशी प्रदेश संयोजक कुमार भटट्राई लगायत केन्द्रिय स्तरका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।