माेरङ । बजेट र योजना कटौतीको विषयलाई निवर्तमान मुख्यमन्त्री केदार कार्कीको अनशन बुधबार दोस्रोदिन पनि जारी छ।

सरकारले विभिन्न ९ वटा योजनामा सरकार उदासीन भएको र बजेट कटौती गरेको कार्कीको आरोपका विषय कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अन्योलमा रहेको बताउँछन्।

सत्ता साझेदार दल काँग्रेस संसदीय दलले समेत औपचारिक धारणा नबनाइसकेको अवस्थामा उहाँ अनसन बस्नुनै सही नभएको उनको भनाई छ।

आजभोली नै सरकार गठन हुने बताएका उनले मन्त्रालयको सन्र्दभमा सत्तासाझेदार दल काँग्रेस र एमालेले समान ४ वटा मन्त्रालय पाउने सहमति भएको बताए।

त्यसैगरि, काँग्रेस माग गरेको २ वटा राज्यमन्त्री मध्ये १ राज्यमन्त्री दिने मुख्यमन्त्री कार्कीले जानकारी दिए।